दार्चुला । बैतडीकाे दशरथचन्द नगरपालिकामा साेमबार थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा भारतबाट फर्किएका थप ३ जनामा कोरोना पुष्टि भएको हाे ।

बैतडीका १० वटै स्थानीय तहमा कोरोना संक्रमित भेट्टिसकेका छन् । कुल २३६ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

शिवनाथ गाउँपालिकाका ४८ , सिगास गाउँपालिकाका ३६ ,दशरथचन्द नगरपालिकाका ३३, दोगडाकेदार गाउँपालिकाका २९, पाटन नगरपालिकाका ११, सुर्नया गाउँपालिकाका १० , डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा ७÷ ७ र मेलौली नगरपालिकाका ५ जनामा संक्रमण पुष्टी भएको छ ।

जिल्लामा आरडिटी पोजेटिभ आएका ४ सय बढी व्यक्तीको रिपोर्ट आउन बाँकी रहेको छ । भारतबाट फर्केका बैतडीमा हाल १ हजार बढी नागरिक क्वारेन्टाइनमा बसेका छन् ।

बैतडीको क्वारेन्टाइनका मृतक भान्सेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २ महिनादेखि खाना पकाउँदै आएका दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय मृतक मोहनसिंह पेलाको पिसीआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाका १५ जना, महाकाली नगरपालिका र लेकम गाउँपालिकाका दुइ/दुइ जना र दुहुँ गाउँपालिकाका एक जना संक्रमित भेटिएका छन् । मार्माका एक जना संक्रमितकाे जिल्ला बाहिर उपचार भइरहेकाे छ । दार्चुलाभित्र २० जना संक्रमित रहेका छन् ।

यसैबिच सुदूरपश्चिममा आज एक सय २६ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धनगढी प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २६ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ३५ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय सात जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाजुराका चार सय १६, डोटीमा चार सय २५, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २८, बैतडीमा दुई सय १७, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने तीन सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।

ललितपुरकाे सानेपामा रहेकाे स्टार अस्पतालमा राैतहटका ३० वर्षका एक पुरूषकाे निधन भएकाे छ । १३ गते स्वाब पठाएकाेमा साेही दिन राति ८ गते फाेक्साेका ती विरामीकाे मृत्यु भएकाे हाे । परीक्षणकाे नतिजा असार १४ गते पाेजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?