बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा नगर प्रमुखको उपहार, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । पुर्चौडी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरप्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार कार्यक्रम अन्तरगत कक्षा ९ मा भर्ना भएका नगरपालिकाभित्रका सबै माद्यमिक विद्यालयका एक÷एक जना उत्कृष्ट छात्रछात्रा गरी ३६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा स्कुल झोला वितरण गरिएको शिक्षा शाखा संयोजक दिनेश नगारीले जानकारी दिनुभयो ।

विद्यार्थीको सिकाईमा उत्प्रेरणा र हौसला बृद्धि गर्न चालु आर्थिक वर्षको कार्यक्रममा एक लाख रुपैया बजेट विनियोजन गरेर उत्कृष्ट विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शिक्षा शाखा संयोजक दिनेश नगारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पुर्चौडी नगरपालिकाका नगरप्रमुख रणबहादुर कुवरको प्रमुख आतिथ्यता रहेको थियो । नगर उपप्रमुख जानकी ऐर बम र प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दको विशिष्ट आतिथ्यता रहेको तियो ।

नगरप्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई कार्यक्रममा नगरप्रमुख रणबहादुर कुवरले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दा पठनपाठनमा विद्यार्थीहरुबिच सकारात्मक प्रतिस्पर्धा हुने र समग्रमा सिकाई उपलब्धि नै बृद्धि हुने भएकोले यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिइने बताउनुभयो ।

यो कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ । आगामी वर्ष शिक्षा शाखाबाट लैंगिक सामानता तथा सिकाई सवलिकरणका लागि उपमेयरसंग छात्रा कार्यक्रम समेत सञ्चालन गरिने शिक्षा शाखा संयोजक नगारीले बताउनुभयो ।

गत वर्ष पुर्चौडी नगरपालिकामा एसईईमा उत्कृष्ट नतीजा ल्याउने दलित छात्राछात्रहरुलाई एक लाख रुपैया नगद पुरस्कार समेत वितरण गरिएको थियो ।

 

 

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?