कर्मचारीद्वारा प्रस्तावित निजामति विधेयकको चर्काे विरोध

दार्चुला । प्रस्तावित संघीय निजामति विधेयकविरुद्ध कर्मचारी विरोधमा उत्रिएका छन्। उक्त विधेयक को विरोधमा कैलालीका राजपत्र अनंकित कर्मचारीहरुद्वारा विरोध प्रदर्शन गरिएकाे छ । साथै हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारीबाट सभामुखलाई ज्ञापनपत्र बुझाइएकाे सब इन्जिनियर राेशन कुमार जाेशीले जानकारी दिनुभयाे ।

प्रस्तावित विधेयकले सम्पूर्ण निजामति कर्मचारी संयन्त्रलाई ध्वस्त बनाउने भन्दै निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला समिति कैलालीकाले समेत बिहीबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएकाे छ ।

जिल्ला अध्यक्ष प्रेमबहादुर बोगटको नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेका कर्मचारीले संविधान र अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धिविरुद्ध विधेयक ल्याउन खोजिएकोले खारेज गर्न माग गरेका हुन्। उहाँहरुले १७ बुँदे माग प्रधानमन्त्री समक्ष राखेका  छन्।

कैलालीका राजपत्र अनंकित कर्मचारीहरुले  १० बुदे माग सहित प्रमुख जिल्ला अधिकारीबाट सभामुखलाई ज्ञापनपत्र बुझाइएकाे सब ईन्जिनियर जोशीले जानकारी दिनुभयाे ।

 

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?