दार्चुला । सुदूरपश्चिममा एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ। दैनिक बृद्धिदरमा यो संख्या अहिलेसम्मकै बढि हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा दुई सय सात जना र धनगढीको प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि भएको छ।

पाटन अस्पतालको प्रयोगशालामा अछामका ६ महिला र ६० पुरुष गरी ६६ जना, बैतडीका चार महिला र २८ पुरुष गरी ३२ जना, बाजुराका १२ महिला र ३५ पुरुष गरी ४७ जना, डोटीका ८ महिला र १६ पुरुष गरी २४ जना, कैलालीका एक महिला र ८ पुरुष गरी नौँ जना, कञ्चनपुरका ९ महिला र २० पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयाे।

शिक्षण अस्पतालको प्रयोगशालामा अछामका नौँ महिला र ३७ पुरुष गरी ४६ जना, डडेल्ःधुराका ६ महिला र २२ पुरुष गरी २८ जना, बाजुराका एक महिला र पाँच पुरुष गरी ६ जना, कैलालीका एक महिला र ११ पुरुष गरी १२ जना र कञ्चनपुरका चार पुरुषमा कोरोना पुष्टि भएको उहाँले बताउनुभयाे ।

डाक्टर गौतममका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका २० महिला र ९० पुरुष गरी एक सय १० जना, बैतडीका चार पुरुष, बझाङका तीन महिला र १० पुरुष गरी १३ जना, डोटीका तीन महिला र ८ पुरुष गरी ११ जना, कैलालीका दुई महिला र पाँच पुरुष गरी सात जना र कञ्चनपुरका दुई महिलामा कोरोना पुष्टि भएको छ।

धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ।

देशका सात वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रोमा छ। सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन्। सुदूरपश्चिममा कोरोना पुष्टि भएका सात जनाको मृत्यु भएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन्।

दार्चुलामा पछिल्लाे हप्ता कसैमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छैन् । यसअघि २० जना संक्रमितमध्ये १८ जना डिस्चार्ज भइसकेका छन् । भारतबाट अाउनेकाे संख्या घटदै गएपछि क्वारेन्टाइनमा बस्नेहरुकाे संख्या पनि घटदै गएकाे छ । दुइ हप्ता पहिले १६ सय बढी मानिस क्वारेन्टाइनमा बसेपनि १४ दिन पुरा गरेर घर फर्किनेकाे संख्या बढेपछि शुक्रबारसम्म साढे तीन सय मानिस मात्रै क्वारेन्टाइनमा रहेकाे स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १५ हजार नाघ्याे

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार दुई सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्या यो हालसम्मकै धेरै हाे ।त्यस्तै पछिल्लाे २४ घण्टामा आठ सय २३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब नेपालमा काेराेना सङ्क्रमण जितेर घर फिर्नेकाे सङ्ख्या ६ हजार एक सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नाै सय ९५ र वाग्मती प्रदेशमा पाँच सय सात जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको छ ।

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३२ पुग्याे

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३२ पुगेकाे छ । ​काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डौको एक निजी अस्पतालमा उपचार गराइरहनु भएका उहाँको सघन उपचार कक्ष (आईसीयू) मा रहेकै बेला मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?