दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा तीन करोड १७ लाख बढी खर्च गरेको विवरण सार्वजनिक गरेको छ । शैल्यशिखर नगरपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाताबाट लकडाउन शुरु भएदेखि अर्थात २०७७ साल चैत ११ गतेदेखि असार २२ गतेसम्म तीन करोड १७ लाख १९ हजार ४९६ रुपैया खर्च गरेको विवरण सार्वजनिक गरेको हो ।

नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार राहत वितरणमा ८२ लाख ३९ हजार २०५ रुपैया, क्वारेन्टाइन व्यवस्थापनमा ६८ लाख ५५ हजार ७१२ रुपैया, सवारी साधन भाडा तथा इन्धनमा ११ लाख ८८ हजार ७४१ रुपैया खर्च गरेको छ ।

यस्तै स्वास्थ्य तथा अत्यावश्यक सामाग्री खरिदमा ८५ लाख १० हजार ५२१ रुपैया, प्रोत्साहन तथा जोखिम भत्ता लगायत शिर्षकमा ४० लाख ४६ हजार ७३५ रुपैया, आर्थिक सहायता शिर्षकमा १ लाख ७५ हजार रुपैया र विधिब खर्च अन्तरगत २७ लाख तीन हजार ५८० रुपैया गरी कुल तीन करोड १७ लाख १९ हजार ४९६ रुपैया खर्च भएको शैल्यशखिर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताउनुभयो ।

नगरपालिकाले वास्तविक खर्च लुकाएको र विभिन्न शिर्षकमा अनियमितता गरेको भन्दै नेकपाले आपत्ती जनाएको छ । नेकपाको भातृ संगठन अनेरास्ववियु र नेकपा पार्टी कमिटिले नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा घोर आपत्ती जनाउदै थप अद्ययन र प्रशासनिक कारवाही अघि बढाउने तयारी गरेको अनेरास्ववियु नगरईन्चार्ज राजेशसिह बिष्टले बताउनुभयो । यसअघि नगरपालिकासंग शिर्षकगत खर्च सार्वजनिक गर्न माग गरिएपनि कमजोरी ढाकछोप गर्न अस्पष्ट रुपमा खर्च विवरण सार्वजनिक गरेको नेकपाको आरोप छ ।

यसअघि मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेपनि अधिकासं स्थानीय तहले खर्च विवरण सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?