दार्चुला । दार्चुलामा विहिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित हुनेको संख्या २२ पुगेको छ । आज दुहुँ गाउँपालिका वडा नम्बर ४ धारीपाटाका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ रञ्जनीका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार र बिहिबार संक्रमण पुष्टि भएका दुबै जना आरडिटी पोजेटिभ आएर आइसोलेसनमा रहेका छन् ।

पीसीआर विधिबाट कोरोना पुष्टिभएसंगै उनिहरुले १४ दिन अझै क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टले बताउनुभयो । २२ जना संक्रमितमध्ये यसअघि कोरोना संक्रमण पुष्टि भएका २० डिस्चार्ज भइसकेका छन् ।

हालसम्म एक हजार एक सय ८१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा एक सय ७४ जनाको रिपोर्ट आउन बाकी छ । पीसीआर परीक्षण भएका एक हजार ७ जनामध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ निर्देशिकाअनुसार २० जना संक्रमित कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।

शैल्यशिखर नगरपालिकाका १५ जना, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका दुई÷दुई जना र दँुहु गाउँपालिकाका १ जना गरी जम्मा २० जना संक्रमित डिस्चार्ज भइसकेका छन् । मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकाका एक÷एक जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

दार्चुलाभरी हालसम्म चार हजार तीन सय ९३ जनाको आरडिटी परीक्षण गरिएकोमा एक सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी पोजेटिभ देखिएकाहरुमा दुई हप्तासम्म कोरोना संक्रमणको लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा बस्ने सल्लाह सहित घर पठाइएको भट्टले बताउनुभयो । जिल्ला बाहिरबाट फर्किनेहरुको संख्या घट्दै गएपछि दार्चुलामा क्वारेन्टाइनमा बस्नेको संख्या पनि घट्दै गएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार विहिबार अद्यावधिक गरिएको तथ्याङक अनुसार आठ वटा स्थानीय तहमा दुई सय ९३ जना क्वारेन्टाइनमा रहेका छन । अपिहिमाल गाउँपालिकाका क्वारेन्टाइनबाट सबै घर फर्किएसंगै क्वारेन्टाइन रित्तिएका छन् ।

दार्चुलामा पीसीआर मेसिन खरिद गरिने
दार्चुलामा असार २१ गते सम्पन्न जिल्लासभाले पीसीआर परीक्षण मेसिन खरिद गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक आरटी पीसीआर मेसिन खरिद, ल्याव निर्माण, सञ्चालन, व्यवस्थापन र जनशक्ति व्यवस्थापन सम्बन्धि जिल्लासभाले निर्णय गरेको जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामीले बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा १२ सदस्यीय कार्यक्रम निर्देशक समिति गठन गरिएको समेत उहाँले बताउनुभयो । पीसीआर मेसिन खरिद तथा व्यवस्थापनमा जिल्ला समन्वय समितिको जगेडा कोषबाट कुल खर्चको ४० प्रतिशत बजेट व्यहोर्ने र स्थानीय तहहरुले ६० प्रतिशत खर्च व्यहोर्ने सहमति भएको छ ।

पीसीआर मेसिन खरिद गरी सञ्चालनमा ल्याउन करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरीएको उपप्रमुख धामीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?