दार्चुला । शैल्यशिखर नगरपालिकाले नगरपालिकाभरीका कृषि समूहहरुलाई कृषि औजार तथा उपकरणहरु वितरण गरेको छ । कृषि शाखा मार्फत नगरपालिकाभरीका ३९ ओटा कृषि समूहलाई विभिन्न कृषि औजार तथा उपकरण वितरण गरिएको शैल्यशिखरका कृषि शाखा संयोजक सन्ध्या बिष्टले बताउनुभयो ।

किसानहरुलाई हाते ट्याक्टर, पोलीहाउस, स्प्रे, पम्प, हजारी, सिकेचर, दाँते लगायतका कृषि औजार तथा उपकरण वितरण गरिएको हो । कृषि समूहहरुको मागका आधारमा कृषि औजार तथा उपकरण वितरण गरिएको संयोजक बिष्टले बताउनुभयो ।

एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख अमरसिंह धामीले कृषि समूहका प्रमुख एबं प्रतिनिधिहरुलाई कृषि उपकरण तथा औजारहरु हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि कृषि उपकरण वितरण गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले जानकारी दिनुभयो ।


आधुनिक उपकरण तथा औजारहरुको प्रयोग गरेर किसानहरुले छिटोछरितो खेतीपातीको काम गर्न सकुन भन्ने उद्धेश्यले नगरपालिकाभरी उपकरणहरु वितरण गरीएको नगरप्रमुख धामीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?