
दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोट धुरामा घासँ काट्ने क्रममा मानाकोट भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
नरेश महराकी १७ वर्षीया छोरी उर्मीला महराको शुक्रबार बेलुकी तीन बजे भिरबाट लडेर मृत्यु भएको स्थानीय धनेष कुवँरले जानकारी दिनुभयो ।
मृतक महरा रौलेश्वर माबिमा कक्षा ९ मा अद्ययनरत रहेकाे कुवँरले बताउनुभयाे ।