दार्चुला । जिल्ला बाहिरबाट भित्रिने क्रम घटेसंगै दार्चुलाका क्वारेन्टाइनहरु रित्तिन थालेका छन् भने संत्रमणदर पनि घट्दै गएको छ ।
जिल्लाभरीमा आइतबार तीन सय चार जना क्वारेन्टाइनमा रहेको र ३५ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टले बताउनुभयो ।
दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या २२ रहेको छ । २२ जना संक्रमितमध्ये गत हप्तासम्म कोरोना संक्रमण पुष्टि भएका २० डिस्चार्ज भइसकेका छन् ।
हालसम्म एक हजार एक सय ८१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा एक हजार एक जनाको परीक्षण भएको छ । ८० जनाको रिपोर्ट आउन बाकी छ । पीसीआर परीक्षण भएका एक हजार १ जनामध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ निर्देशिकाअनुसार २० जना संक्रमित कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
शैल्यशिखर नगरपालिकाका १५ जना, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका दुई÷दुई जना र दँुहु गाउँपालिकाका १ जना गरी २० जना संक्रमित डिस्चार्ज भइसकेका छन् । मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकाका एक÷एक जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
हालसम्म चार हजार चार सय जनाको आरडिटी परीक्षण गरिएकोमा एक सय ३७ जना पोजेटिभ देखिएका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।