दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ न्वालपानीमा विहिबार राति वर्षा संगै पहिरो खस्दा एक घर उच्च जोखिममा परेको छ । बर्षा संगै घर मुनिबाट पहिरो खस्दा स्थानीय कल्यान धामीको पक्कि घर उच्च जोखिममा परेको मालिकार्जुन गाउँपालिका २ का वडा अध्यक्ष गणेश धामीले जानकारी दिनुभयो ।
दार्चुलामा बर्षा सुरु भए संगै पहिरोको जोखिम बढेको छ । पहाडी धरातल, सडक निर्माण लगायत मानवीय संरचनाको कारण बर्षातमा पहिरोले जनधनको ठूलो क्षती हुदै आएको छ । जिल्लाका सबै स्थानीय तह बाढी तथा पहिरोको जोखिममा रहेका छन ।
पहाडी धरातल त्यसमा पनि मापडण्ड बिनै काटिएका सडकले झन पहिरोको जोखिम बढाएको छ । वातावरणिय प्रभाव मुल्याङकन बिनै पहाडी क्षेत्रमा जथाभावी डोजर चलाउदा पहिरोको जोखिम झन बढेको हो । पहिरोकै कारण दार्चुलामा वर्षेनी मानविय तथा धनजनको ठुलो क्षती हुने गरको छ ।
बाढी तथा पहिरोकै कारण बर्षेनि कतिपय मानिस घरबार विहिन हुने गरेका छन्, भने खेतियोग्य जमिन समेत मासिदै गएको छ । बर्षा संगै जिल्लाको अघिकांश ठाँउमा बाढी तथा पहिरोको त्रास हुने गरको छ ।
बाढी पहिरोकै कारण जिल्लका अधिकांस ग्रामीण कच्ची सडक पनि अबरुद्ध भएका छन । बर्षातको समयमा जिल्लामा बाढी तथा पहिरोको जोखिम रहेको हुदा स्थानीय तहले जोखिम न्यूनिकरणका लागी विपद व्यवस्थापन पुर्व तयारीका योजना बनाउन र स्थानीयले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




