दार्चुलामा एसइईको आन्तरिक मुल्याङ्कन सकियो, रुजु गरिदै

दार्चुला । लकडाउनका कारण कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका दार्चुलाका विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन सबै विद्यालयहरुले गरिसकेका छन् ।

जिल्लाभरीका ७१ वटा माद्यमिक विद्यालयहरुले विद्यार्थीहरुको मूल्याङ्कन गरि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दार्चुलामा बुझाइसकेको बताएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई दार्चुलाका प्रमुख जयराज पन्तका अनुसार जिल्लाभरीका तीन हजार चार सय विद्यार्थीहरुको आन्तरीक मूल्याङकन गरी विद्यालयहरुले पठाइसकेको भएपनि जिल्लामा रुजु गर्ने काम भइरहेको छ ।

तीन हजार ६० जना नियमित र तीन सय ४० जना ग्रेडबृद्धिका विद्यार्थीहरुको आन्तरिक मुल्याङकन रुजु गर्ने काम भइरहेकोले असार मसान्तसम्म आन्तरिक मुल्याङकनलाई रुजु गर्ने काम सम्पन्न हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पन्तले बताउनुभयो ।

यसैगरी बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पनि सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि बैतडीका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन्। जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको समन्वय एकाईका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो ।

गत चैत ६ गतेदेखि हुने तय भएको एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो। लकडाउनका कारण रोकिएको एसइई गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नगर्ने र मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाटै ग्रेड सिट तयार पार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?