
दार्चुला । सडक दुर्घटना न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको सुदूरपश्चिम सडक सुरक्षा संजालले दार्चुला जिल्लामा जिल्ला शाखा बिस्तार गरेको छ।
सडक सुरक्षा संजालका केन्द्रिय उपाध्यक्षद्वय डा. महादेव विष्ट र निरन्जनप्रशाद भट्टको उपस्थितिमा दार्चुलाको गोकुलेश्वरमा एक समारोहका बिच दार्चुला जिल्ला शाखा बिस्तार गरिएको संजालका केन्द्रिय उपाध्यक्ष डा. महादेव बिष्टले जानकारी दिनुभयो।
“सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू गर्ने र सडक दुर्घटनाहरू बढ्दै गएको परिप्रेक्ष्यमा यसको न्यूनीकरणका लागि थप जिम्मेवार बन्ने उद्देश्यले सुदूरपश्चिमका नौवटै जिल्लामा जिल्ला शाखा बिस्तार गरिरहेका छौ।” डा. बिष्टले भन्नुभयो, ” सोहिअनुरूप दार्चुला जिल्लामा भोजराज भट्टको संयोजकत्वमा १३ सदस्यीय सडक सुरक्षा संजाल दार्चुला शाखा बिस्तार गरेका छौ।”
उक्त कार्यक्रममा जिल्लाका यातायात व्यवसायी, प्राध्यापक, बुद्धिजीवी, पत्रकार एवं सरोकारवाला सबैको उपस्थिति रहेको थियो।