सुदूरपश्चिम सडक सुरक्षा संजालकाे दार्चुलामा जिल्ला शाखा बिस्तार

दार्चुला । सडक दुर्घटना न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको सुदूरपश्चिम सडक सुरक्षा संजालले दार्चुला जिल्लामा जिल्ला शाखा बिस्तार गरेको छ।

सडक सुरक्षा संजालका केन्द्रिय उपाध्यक्षद्वय डा. महादेव विष्ट र निरन्जनप्रशाद भट्टको उपस्थितिमा दार्चुलाको गोकुलेश्वरमा एक समारोहका बिच दार्चुला जिल्ला शाखा बिस्तार गरिएको संजालका केन्द्रिय उपाध्यक्ष डा. महादेव बिष्टले जानकारी दिनुभयो।

“सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू गर्ने र सडक दुर्घटनाहरू बढ्दै गएको परिप्रेक्ष्यमा यसको न्यूनीकरणका लागि थप जिम्मेवार बन्ने उद्देश्यले सुदूरपश्चिमका नौवटै जिल्लामा जिल्ला शाखा बिस्तार गरिरहेका छौ।” डा. बिष्टले भन्नुभयो, ” सोहिअनुरूप दार्चुला जिल्लामा भोजराज भट्टको संयोजकत्वमा १३ सदस्यीय सडक सुरक्षा संजाल दार्चुला शाखा बिस्तार गरेका छौ।”

उक्त कार्यक्रममा जिल्लाका यातायात व्यवसायी, प्राध्यापक, बुद्धिजीवी, पत्रकार एवं सरोकारवाला सबैको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?