दार्चुला । दार्चुलामा थप एक जनामा कारोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौगाड गाउँपालिकाका २८ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या २३ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।

आइतबार थप ९ जनाको आरडिटी गरिएको छ । आज आरडिटी गरिएका ९ जना मध्ये ५ जनामा आरडिटी रिपार्ट पोजेटिभ देखिएको स्वस्थ्य कार्यालय दार्चुलाले जनाएको छ । आज आरडिटी पाजेटिभ देखिनेमा ब्यास गाँउपालिकाका ४ जना र नौगाड गाँउपालिकाका १ जना रहेको कोरोना फोकल पर्शन भट्टले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार आइतबार सम्म आरडिटी गरिएका चार हजार चार सय २५ जनामध्ये एक सय ४२ जनामा आरडिटी पोजेटिभ देखिएको छ । एक हजार एक जनाको पीसीआर परीक्षण गरिदा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

आइतबार जिल्लाका विभिन्न ८६ ओटा क्वारेन्टाइन ३०२ जना रहेका छन । जिल्लाभरी ३९ जना आईसोलेसनमा रहेका छन । कोरोना संक्रमण पुष्टि भएका २३ जना मध्ये २० जना डिस्चार्च भईसकेको र तीन जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा आज ६ जनामा कोरोना भाईरसको संक्रण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज ६ जनामा कोरोना भाईरसको संक्रण पुष्टि भएको छ। धनगढी र डडेल्धुरामा गरिएको परीक्षणका क्रममा चार जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका दुई जना र बझाङका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयाे। यस्तै धनगढी प्रयोगशालामा कैलाली र दार्चुलाका तीन जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको मोहन्याल गाउँपालिका ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, दार्चुलाको नौगाड गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताउनुभयाे ।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६३ नमूना परीक्षण गरिएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय २० पुगेको छ। सुदूरपश्चिम पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ।

शनिबार कञ्चनपुरका तीन जना र शुक्रबार प्रदेशका विभिन्न जिल्लाका पाँचजनामा कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय ६७ जना उपचार पछि घर फर्किएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

प्रदेशमा अहिले सम्म साढे २५ हजार बढिको पीसीआर विधीबाट परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा गरी २५ हजार ६ सय ४३ जनाको परीक्षण भएको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १३ हजार चार सय २५ र धनगढी प्रयोगशालामा १२ हजार दुई सय १८ जनाको कोरोना परीक्षण भएको हो। जस मध्ये अहिले सम्म तीन हजार नौँ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै प्रदेशमा एक लाख १७ हजार सात सय ३८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या १६ हजार आठ सय एक पुगेको छ ।पछिल्ला केही दिनमा नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।

१९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना, २७ गते ७० जना र आइतबार ८२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले आठ हजार एक सय ७४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् ।

आइतबार एक सय ४७ गरी आजसम्म आठ हजार पाँच सय ८९ जना निको भएर घर फर्किएका छन् । काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या अहिलेसम्म ३८ छ ।आइतबार पीसीआर विधिबाट तीन हजार नाै सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण भएको छ ।

अहिले देशभरिका क्वरेण्टीनमा २३ हजार सात सय ८४ जना रहेका छन् ।उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना सङ्कलन गर्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?