दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ स्थित छाङरु र तिंकर गाउँका लागि दुई सय क्वीन्टल चामल ढुवानी सुरु भएको छ । नेपाल सरकारको ढुवानी अनुदानमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतबाट खलंगासम्म सडकमार्ग र खलंगाबाट व्याँससम्म हेलिकोप्टरमार्फत चामल ढुवानी गरिरहेको हो ।

चामल ढुवानीको जिम्मेवारी पाएको नीजि वायुसेवा कम्पनी माउन्टेन हेलिकोप्टरले खलंगादेखि छाङरु र तिकंरसम्म चामल ढुवानी शुरु गरेको छ । सुर्खेतस्थित कम्पनीको गोदामबाट सडकमार्ग हुँदै दार्चुला सदरमुकाम खलंगासम्म चामल ढुवानी भइसकेको छ । एक ट्रक चामल विहिवार र दोस्रो ट्रक चामल शुक्रवार खलंगा पुर्याइएको छ । छाङरु र तिंकर गाउँका लागि एक÷एक सय क्वीन्टल चामल ढुवानी गरिदैछ ।

कम्पनीले आईतवारदेखि छाङरु गाउँमा चामल ढुवानी सुरु गरेको छ । आईतवार दुई पटकमा १९ क्वीन्टल चामल छाङरु पु¥याइएको व्यासँ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।

मौसम प्रतिकुलताका कारण आज थप उडान भर्न नसकिएको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि संञ्जीव भण्डारीले जानकारी दिनुभयो । मौसम अनुकुल रहे सोमबार विहानै बाट चामल ढुवानिको कामलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?