दार्चुला । दार्चुलाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा यो बर्ष विभिन्न कारण उत्पादनमा कमी आउने अनुमान गरिएको छ । मकै छर्ने बेलामा जरा (फेद) काट्ने किरा र फौजी किराको प्रकोप देखापरेको र पछिल्लो समय जंगली जनावरले मकै बाली नष्ट गर्न थालेकोले यो बर्ष मकै उत्पादनमा कमी आउने देखिएको हो ।
मकै छर्ने बेला रोग किराको प्रकोप र पछिल्लो समय हावाहुरिले मकैै बालीमा क्षती पु¥याएपछि मकै उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्ण बहादुर चन्दले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा जंगली जनावरले मकै बाली सखाप पारेको किसानहरुले गुनासो गरेका छन । दार्चुलामा झण्डै १० हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।
यसैबिच अगामी आर्थिक वर्षको साउन १ गते दार्चुला सदरमुकाम खलंगामै कृषि कार्यालय स्थापना हुने भएको छ । यो भन्दा पहिले दार्चुला र बैतडीको दुबै जिल्ला कृषि ज्ञान केन्द्र बैतडीले नै हेर्ने गरेको भए पनि साउनदेखि दार्चुलामै कार्यालय स्थापना हुने निमित्त प्रमुख चन्दले बताउनुभयो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।