दार्चुला । महाकाली नगरपालिकाले कोरोना नियन्त्रण तथा ब्यवस्थापनमा एक करोड २२ लाख ४७ हजार ९ रुपैया खर्च गरेको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको खाना, बस्ने ब्यवस्थापनमा २२ लाख ९९ हजार ८ सय ८१ रुपैया खर्च भएको छ भने क्वारेन्टाइनमा खटिएका स्वयंसेबकहरुको खाजा भत्ता बाफत सात लाख ५२ हजार ५ सय खर्च भएको नगरप्रबक्ता पुस्करराज जोशीले जानकारी दिनुभयो ।

विभिन्न अवधिमा क्वारेन्टाइनमा बसेका १९ सय ८८ जनाको क्वारेन्टाइन ब्यवस्थापनमा मात्रै ३० लाख ५३ हजार ३ सय ८१ रुपैया खर्च भएको छ । त्यसैगरि कोरोना नियन्त्रण रोकथामका लागि स्वास्थ्य सामग्री खरिद ७ लाख ५५ हजार ७ सय ४५ रुपैया खर्च भएको प्रबक्ता जोशीले बताउनुभयो ।

स्वास्थ्यकर्मी ब्यवस्थापन तथा परिचालनमा १० लाख ८ हजार ५ सय ९० रुपैया खर्च भएको छ ।
जिल्ला बाहिर रहेका नगरपालिका बासिहरुलाई ल्याउनमा छ लाख ८८ हजार ७ सय गाडी भाडा खर्च भएको छ ।

नगरपालिकाले बितरण गरेको खाद्यान्नमा ६७ लाख ४१ हजार ५ सय ९३ रुपैया खर्च भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?