
दार्चुला । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेसँगै सुनसान बनेको दार्चुला सदरमुकाममा खलंगा र सबैजसो स्थानीय तहका सदरमुकामहरुमा चहलपहल बढेको छ ।
देशमा कोरोना पूर्णरुपमा नियन्त्रणमा नआइसकेको अवस्थामा दार्चुला सदरमुकाममा भने असारको अन्तिम सातादेखि चहलपहल बढेको छ । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितहरुको संख्या घट्दै गएकाले विभिन्न गाउँबाट जिल्ला सदरमुकाम आउने जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
आर्थिक वर्षको अन्तिम महिनामा सरकारी कार्यालयहरुबाट विभिन्न योजनाहरुको अन्तीम भुक्तानी लिनका लागि ग्रामीण क्षेत्रबाट मानिसहरु सदरमुकाम धाउने गरेका छन्। पछिल्लो समय बजार पूर्णरुपमा सुचारु गरेका छन् ।
कारोनाको संत्रास कम भएकाले अहिले जिल्लाका स्थानीय तह केन्द्रहरु, सरकारी कार्यालयहरु, कोष तथा लेखा नियन्त्रण कार्यालय, विद्युत कार्यालय र बैंकहरुमा सेवाग्राहीहरुको चाप धेरै बढेको प्रहरीले जनाएको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।