दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका—६ परिगाउँमा पहिरो जादा दुई जनाको मृत्यु भएको छ । आइतबार रातीको अबिरल वर्षाका कारण पहिरो आएर मान्नीकी पाँच वर्षीया छोरी आरती ठगुन्ना र हरजित ठगुन्नाकी ३२ वर्षीया श्रीमती मानमती ठगुन्नाको मृत्यु भएको स्थानीय प्रकाशसिंह धामीले बताउनुभयो ।

पहिरोले घर नै पुरिएर बेपत्ता भएका दुबै जनाको सव सोमबार दिउँसो फेला परेको छ । पहिरोमा परी स्थानीय पाँच जना घाइत भएका थिए । घाइते पाँचैजनालाई स्थानीय र सुरक्षाकर्मीको टोलीले उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको धामीले बताउनुभयो ।

पहिरोले स्थानीय शालिभान धामी, हरजित धामी, देबसिह धामी, साइमल धामी, दुर्गा खत्री र किसन धामीको घर पुर्ण रुपमा विस्थापित भएर छ परिवार घरबारविहिन भएका छन् । कम्तीमा एक सय ५० बाख्रासहित दुई सय पशुचौपायाको मृत्यु भएको स्थानीय प्रकाश धामीले जानकारी दिनुभयो । समौजी आधारभुत विद्यालयको १४ कोठे विद्यालय भवन, दुई वटा पुल र पाँच वटा पानी घट्ट लगायतका भौतिक संरचना पुर्ण रुपमा नष्ट भएका छन् ।

आधादर्जन परिवारको घर र खेतबारी बगाउनुका साथै एक दर्जन बढी परिवारको घर पहिरोको उच्च जोखीममा रहेको स्थानीय शन्तोषसिंह ठगुन्नाले बताउनुभयो । परिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षती गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । दार्चुलाको नौगाड गाउँपालिकामा वर्षेनी बाढी र पहिरोका कारण धनजनको क्षती हुनुका साथै प्राकृतिक विपद् निम्तिने गरेको छ ।

यसैबिच दार्चुला सदरमुकाम खलंगा जनिकैको महाकाली नगरपालिका—५ धौलिगाड खोलामा आएको बाढीले महाकाली राजमार्ग अवरुद्ध भएको छ । पाँच वर्षदेखि मुआब्जा विवादका कारण पुल निर्माण कार्य रोकिएको उक्त खोलामा आएको बाढी र पहिरोले दार्चुला सदरमुकाम खलंगासंगको सम्पर्क टुटाएको छ । वर्षा रोकिएर खोलामा पानीको सतह घटेपछि उक्त स्थानमा सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?