दार्चुला । दार्चुलामा गत आर्थिक बर्ष २०७६÷७७ मा २२ ओटा आत्माहत्याका घटना भएका छन । गएको अर्थिक बर्षमा विभिन्न उमेर समुहका २२ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा सबैभन्दा बढी १९ जनाले झुन्डीएर आत्माहत्या गरेका छन । त्यस्तै बिष सेवन गरेर एक जनाले र नदिमा हाम फलेर २ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो । आत्माहत्या गर्नेमा सबैभन्दा बढी ३० बर्ष मुनिका छन ।

दार्चुलामा गत आर्थिक बर्षमा ७९ ओटा महिला हिंसाका घट्ना दर्ता भएका छन । गएको आर्थिक बर्षमा जिल्लाभरीबाट ७९ ओटा महिला हिंसाका घट्ना प्रहरीमा दर्ता भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । प्रहरीमा दर्ता भएका ७९ घट्ना मध्ये ७८ ओटा घट्ना सामान्य मिलापत्र मार्फत मिलाईएका उहाँले बताउनुभयो ।

महिला हिंसाको एउटा घट्ना जिल्ला अदालतसम्म पुगेको छ । महिला हिंसाका घट्ना बढ्नुमा मादक पर्दाथ सेवन, असमझदारी, घरायसी कलह लगायतका कारण हुने गरेको प्रहरी निरीक्षक जाशीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?