दार्चुला । मालिकार्जुन गाउँपालिका–८ पस्तीमा पहिरोले पुरिएर घाइते भएका दुई जना आमाछोरीलाई उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । मंगलबार बिहान ३ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाइते भएका ३५ वर्षीया लक्ष्मी परियार र १२ वर्षीया छोरी सोनियालाई थप उपचारको लागि साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको हो ।

नेपाली सेनाको एन ए ०५५ नम्बरको हेलिकप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको स्थानीय कल्पना पन्तले पबताउनुभयाे । लक्ष्मीको छोरा शुभमको अवस्था भने सामान्य रहेको छ ।

घरभित्र रहेका लक्ष्मीका दुई जना भाइको भने मृत्यु भइसकेको छ । चार दिन पहिले दिदिको घरमा गएका लेकम गाउँपालिका—५ रिठाचौपाता अम्कुर पिडका २७ वर्षीय अर्जुन दमाई र २२ वर्षीय मिलन दमाईको मृत्यु भएको हो । मृतक दुबैजनाको सब घरभित्रबाट स्थानीय र प्रहरीको सहयोगमा मंगलबार दिउँसो निकालिएको हो ।

मृतक दुबैजना गौरा पर्वको लागि लुगा सिउने कामको लागि दिदिको घरमा गएको मृतकका आफन्त ईश्वर दमाईले बताउनुभयो । दुबैजना छोराको मृत्यु भएपछि दमाई परिवार शोकमा डुबेको छ ।

घाइते आमाछोरीलाई लैजान दिउँसो ३ बजेर ४५ मिटेमा पस्ती पुगेको हेलिकोप्टर ३ः५५ मा घाइते बोकेर काेहलपुर गएकाे थियाे । जिल्ला प्रशासन कार्यालय दार्चुला, प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्यहरु, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी लगायतका जनप्रतिनिधि लगायतको समन्वयमा घाइतेलाई उपचारको लागि कोहलपुर पठाइएको छ ।

घाइतेको उपचारको लागि गाउँपालिकाले तत्काललाई ३० हजार रुपैयाँ खर्च उपलब्ध गराइएको छ । यस्तै मृतकलाई किरिया खर्च उपलब्ध गराउने विषयमा निर्णय भइनसकेकाे मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।

यसअघि आइतबार रातीको अविरत बर्षापछि पहिरो खसेर नौगाड गाउँपालिका—६ परिगाउँमा एक महिला र एक बालिकागरी दुई जनाको मृत्यु भएको थियो ।

मनसुन शुरु गएपछि नौगाड गाउँपालिकाका चार जना र लेकम गाउँपालिकाका दुई जना गरी दार्चुलामा छ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?