दार्चुला । आइतबार रातिको अविरल वर्षासँगै धौलीगाड खोलामा आएको बाढीले कल्भर्ट बगाएपछि दार्चुला सदरमुकाम खलंगा जोड्ने महाकाली लाेकमार्ग अवरुद्ध भएको छ । धौलीगाड खोलामा आएको बाढीले महाकाली राजमार्गको कल्भर्ट बगाउँदा यातायात बन्द भएको छ ।

महाकाली नगरपालिका ५ स्थित धौलीगाड खोलामा १५ मिटर कल्भर्ट बगाउँदा लाेकमार्गमा अवरोध भएको हो । बाढीले कटान गरेर सडकका केही भागमा पहिरो खसेको छ । पानीको सतह घटीनसकेकोले तत्काल सडक सञ्‍चालन गर्न अप्ठ्यारो रहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयाे ।

उहाँका अनुसार धौलीगाड खोलामा महाकाली लोकमार्गको सडक सञ्‍चालन गर्न समय लाग्ने हुँदा तटबन्ध माथि बनेको सडक सञ्‍चालनको प्रयास भइरहेको छ ।

महाकाली तटबन्धबाट यातायात सञ्‍चालन गर्न बुधबारसम्म लाग्ने प्रजिअ पोखरेलले बताउनुभयाे । महाकाली लाेकमार्गकाे गाेकुलेश्वर खलंगा सडकखण्डमा ठाउँठाउँमा अाएकाे पहिराेले मंगलबार बिहानदेखि दिउँसाेसम्म मालिकार्जुन क्षेत्रमा समेत यातायातका साधनहरु राेकिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?