दार्चुला । शिक्षाका लागी खाद्य कार्यक्रम इकाई केन्द्र दार्चुलाले १२ हजार ८१६ बढी विद्यार्थीहरुलाई गाउँघरमै खाद्यान्न वितरण (टेक होम खाद्यान्न वितरण) गरेको छ । चालु शैक्षिक सत्रको तिन महिना बैशाख, जेठ र असारमा कोरोना प्रभावका कारण विद्यालयहरु खुल्न नसकेकोले तिन महिनाको खाद्यान्न, कार्यक्रम लागु भएका विद्यालका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

दार्चुलामा शिक्षाको लागी खाद्य कार्यक्रम लागु भएका १ सय ९१ वटा विद्यालयहरुका १२ हजार ८ सय १६ जना विद्यार्थीहरुलाई चामल, दाल र तेल वितरण गरिएको शिक्षाका लागी खाद्य कार्यक्रम इकाई दार्चुलाका प्रमुख योगेन्द्र बहादुर बमंले जानकारी दिनुभयो । प्रति विद्यार्थी ६ किलोग्राम चामल, डेढ किलोग्राम दाल र आधा लिटर तेल वितरण गरिएको उहाँले बताउनुभयो ।

दार्चुलामा २०५७ सालदेखि लागु भएको शिक्षाको लागी खाद्य कार्यक्रमले आधारभुत तहका विद्यार्थीहरुलाई लिटो, तेल वितरण हुदै पछिल्लो समय दिवाखाजा वितरण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?