दार्चुला । गत साउन ४ गते राती परेको अविरल बर्षाका कारण महाकाली नगरपालिका वडा नं ३ लास्कु खोलामा बाढी आउदा डुङरी जलविद्युत आयोजनाको पावर हावस डुबानमा पर्नुका साथै त्यस क्षेत्रमा रहेका पसलहरुमा समेत क्षती पुगेको छ । खोलमा आएको बाढीले नदीको धार नै परिबर्तन भई डुङरी पावर हावस सहित छेउका पसलहरुबाट खोला बगिरहेको छ ।
जलविद्युत आयोजनाको पावर हावसमा खोला बगिरहदा सरकारी स्तर वा सरोकारवालाहरुबाट सरकारी सम्पती संरक्षणमा कुनै चासो नदेखिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । सोमबारदेखि खोला पावर हावसबाट बगिरहेको र भित्र रहेका मेसिनहरु पानीले डुबिरहेको, घर पसलहरु डुवानमा रहेको अवस्थामा पनि सरोकारवालाहरुले सरकारी सम्पती संरक्षण र नागरिकहरुलाई राहत तथा उद्धारको विषयमा चासो नदेखाएको भन्दै स्थानीय आक्रोसीत बनेका छन् ।
लास्कु खोलाको बाढीले स्थानियहरुका ३ पसल र २ घर पुर्ण रुपमा क्षती गरेको छ भने थप २ पसल र तिन घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीले पावर हावसमा क्षती पुगाउनका साथै एक मोटरसाइकल र एक जीपमा समेत क्षती पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नौगाडमा पहिरोले तीन वटा लघुजलविद्युत जोखिममा
नौगाड गाउँपालिकामा आइतबार राती परेको अविरल वर्षापछिको बाढि र पहिरोले तीन वटा लघुजलविद्युत बाढि र पहिरोको जोखिममा परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ३ र ६ मा रहेका लघुजलविद्युत जोखिममा परेका हुन् ।
परिगाउँ खोलामा रहेको जलविद्युत पूर्ण रुपमा जोखिममा रहेको छ । खार खोला पहिलो र दोस्रो जलविद्युत समेत पहिरो र बाढिको जोखिममा रहेको नौगाड गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र प्रसाद ठगुन्नाले बताउनुभयो ।
उहाँका अनुसार नौगाड गाउँपालिका वडा नम्बर २ केदारेश्वरी खानेपानी सुण्डमुण्डु र वडा नम्बर २ को खानेपानी योजना समेत अवरुद्ध भएको छ ।
विभिन्न वडाहरुमा रहेका दर्जनबढी आरसीसी पूल र पानी घट्ट बगाउनुका साथै बाढीले सयौं पशुचौपायाको मृत्यु भएको छ ।
मनसुन सुरु भएपछि दार्चुलामा नाैगाडका चार जना र लेकमका दुइ जना गरी छ जना मानिसले ज्यान गुमाएका छन् । भने जिल्लाका विभिन्न स्थानमा बाढी पहिराेले कराेडाैँकाे क्षती भएकाे छ ।