दार्चुला । बिहिबार सुदूरपश्चिमका थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला गरी १३ जना, बेल्डाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका तीन पुरुष र दुई पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको छ।
उता डडेल्धुरामा गरीएको परीक्षणमा आज नौँ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीका सात र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
आज ३५ जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ८० पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ४४, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कञ्चनपुरका पाँच सय १३, डडेल्धुराका दुई सय ९९, बैतडीका दुई सय ७६, बझाङका एक सय ७९ र दार्चुलाका २३ जनामा संक्रमण पुष्टि भएको हो।
काेराेनाबाट नेपालमा ४३ जनाकाे मृत्यु
नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ४७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको छ ।
बिहीबार काठमाण्डाैमा पाँच, भक्तपुर र ललितपुरका दुई/दुई जनामा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।अहिलेसम्म तीन लाख ३१ हजार ९५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ भने बिहीबारसम्म पाँच हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
अहिलेसम्म १२ हजार आठ सय ४० जना काेराेनामुक्त भएर घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा एक सय ५६ जना निकाे भएका हुन् ।बिहीबार काेराेना सङ्क्रमणकाे कारण एक जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।
नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ४३ पुगेकाे छ ।