दार्चुला । दार्चुलाको लेकम गाउँपालिका मदिरा निशेधित क्षेत्र भएपनि मदिरा रोकथाम तथा नियन्त्रण हुन सकेको छैन् । प्रतेक वडाहरुमा अवैधानिक रुपमा लुकीछिपि मदिराको सेवन, ओसारपसार तथा बेचबिखच भइरहेको छ ।

मदिराको कारण असमाजिक गतिविधि र हिसांका घटनाहरु बढ्दै गएकोले मदिरा रोकथाम तथा नियन्त्रणको अभियानमा युवाहरुले सक्रियता देखाउनु आवश्यक रहेको छ । यसैबिच मदिरा नियन्त्रणसहित समाजमा रहेका बिकृति, बिसंगती विरुद्धमा जनचेतना फैलाउने उद्धेश्यले विहिबार लेकम गाउँपालिका १ सर्मोलीमा जागृती युवा समाज गठन गरिएको छ ।

महादेब साउँदको अध्यक्षतामा गठित नौँ सदस्यिय समितिमा नन्दराज भट्ट सचिव, गणेश बिष्ट कोषाध्यक्ष रहेका छन् । समितिले अवैधानिक रुपमा भइरहेको मदिराको बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने उद्धेश्य लिएको स्थानीय दिपक साउँदले बताउनुभयो ।

यसैबिच सर्मोलीकै अर्को खबरमा लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा टुहुरा, असहाय, अपागं बालबालिकाहरुलाई कम्बल वितरण गरिएको छ । गत वर्षको बजेटबाट खरिद गरिएको कम्बललाई वडाभित्रका ३२ जना टुहुरा, ११ जना असहाय र १० जना अपागं बालबालिकालाई वितरण गरिएको स्थानीय दिपक साउँदले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?