दार्चुला । बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को विश्वस्त स्रोतले १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने बताएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

कोरोना भाइरस महामारीको कारण अनिश्चित बनेको आईपीएल टी-२० विश्वकप एक वर्ष पछि सरेपछि युएईमा आयोजना गर्ने तयारी भइरहेको हो ।

आईपीएलको गभर्निङ काउन्सिलले अर्को साता हुने बैठकमा यसबारे विस्तृतमा छलफल गर्ने तयारी गरेको छ ।

‘आईपीएल सेप्टेम्बर १९ मा सुरु हुने सम्भावना छ र फाइनल नोभेम्बर ८ मा हुनेछ । यो ५१ दिनको हुनेछ र फ्रेन्चाइज, ब्रोडकास्टर, स्टेकहोल्डर सबैलाई सुहाउने छ,’ बीसीसीआईको उच्च पदाधिकारीलाई उद्‍धृत गर्दै पीटीआईले जनाएको छ ।

आईसीसीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने तय भएको टी-२० विश्वकप स्थगित गरेपछि आईपीएल आयोजना गर्ने बाटो खुलेको थियो ।

सेप्टेम्बरमा आईपीएल गर्नका लागि बीसीसीआईले सहभागी फ्रेन्चाइजका खेलाडीहरुलाई अगष्टसम्म युएईमा लैजाने तयारी गरिरहेको छ ।

आईपीएल खेल्ने सबै टिमका खेलाडीहरु २० अगस्टमा युएई पुग्नु पर्ने छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?