दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह नेतृत्वको टोली अतिक्रमित नेपाली भूमि नजिक व्याँस क्षेत्रको भ्रमणका लागी शुक्रबार विहान छाङरु प्रस्थान गरेको छ । बाढी, पहिराेकाे अवस्थाबारे जानकारी लिन दार्चुला पुगेकाे मन्त्रीकाे टाेली सीमा क्षेत्रकाे भ्रमणमा गएकाे हाे ।
विहान साढे सात बजे दार्चुला पुगेको मन्त्रीको टोली बिहान नौ बजे छाङरु प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । मन्त्री शाह संगै हेडक्वाटरबाट नेपाली सेनाका उपरथी प्रेम शाही र बाहिनीपति (सहायकरथी) शंकर पण्डित पनि व्याँस क्षेत्रको भ्रमणका लागी दार्चुला आएका छन् ।
टोलीले छाङरु प्रस्थान गर्नुअघि प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा अधिकारीहरु लगायतसंग छलफल गरेको थियो । प्रमुख जिल्ला अधिकारी शरदकुमार पाेखरेलका अनुसार मन्त्रीकाे टाेलीले छाङरुमा स्थापना भएको सशस्त्र प्रहरीको बीओपी, नेपाल प्रहरीको पोष्ट, व्याँसक्षेत्रकाे सुरक्षा अवस्था र घाँटिबगरको घोरेटो बाटोको अवलोकन गर्ने याेजना छ ।
सीमा क्षेत्रकाे अवलोकन भ्रमण पश्चात् मन्त्री शाहकाे टाेली आजै सदरमुकाम फर्किने छ ।