दार्चुला । महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँमा पहिरो जादा नौगाड गाउँपालिका वडा नम्बर २ तल्लो सुण्डमुण्डका छ वर्षीय बालक बेपत्ता भएका छन् ।

घरबाट दार्चुला सदरमुकाम खलंगा अाउदै गरेका धन बहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएका हुन् ।

जेनिस संगै रहेका नौगाड गाउँपालिकाकै बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको घटनास्थलबाट गजेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । संगीता ठगुन्ना सामान्य घाइते रहेकाे उहाँले बताउनुभयाे ।

शुक्रबार दिउँसो ४ बजेतिर पहिरो आएर घटना भएको स्थानीयले बताएका छन् ।

अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं प्रहरी नायव उपरीक्षक (डिएसपी ) पदमबहादुर बिष्ट नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेकाे छ । सशस्त्र प्रहरीकाे टाेली समेत घटनास्थलमा पुगेकाे छ ।

स्थानीय र प्रहरीले उद्धारकाे पहल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?