जनता आवास कार्यक्रम : १० करोड लागतमा दार्चुला, बैतडी र बझाङमा ४८६ घर निर्माण

दार्चुला । जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन्।

सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो।

भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन्। तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताउनुभयाे।

उहाँका अनुुसार सो घर निर्माणका लागि बैतडीमा पाँच करोड सात लाख चार हजार, दार्चुलामा एक करोड ५५ लाख र बझाङमा दुई करोड पाँच लाख छ हजार खर्च भएका छन्। निर्माण भएका सबै घर भूकम्प प्रतिरोधी रहेका कार्यालयले जनाएको छ।

चालू आवमा थप घर निर्माण हुने भएका छन्।

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन्। वर्षाैदेखि त्रिपालमुनि बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुसी भएका हुन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?