शैल्यशिखरमा भीरबाट खसेर एक बालिकाको मृत्यु

दार्चुला । शैल्यशिखर नगरपालिका -२ देथला तल्लो नर्सरीस्थित जङ्गलको भीरबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका -३, दर्मा घर भएका गणेशसिंह खत्री कि १४ वर्षीया छोरी कोपिला खत्रीको दिउसो करिब १ बजेतिर देथलास्थित जङ्गलको भीरबाट खसेर मृत्यु भएको उनको परिवारिक श्रोतले जनाएको छ।

बिहान १० बजेतिर घास काट्न भनेर छिमेकी सङ्ग जङ्गल हिडेकी काेपिला केहिबेर सम्पर्कमा नआउदा खोज्ने प्रयास गरिएको र भेटिदा उनि मृत अवस्थामा फेला परेको जनाइएको छ।

कोपिला दर्मास्थित लटिनाथ आधारभूत विद्यालयमा कक्षा आठमा पढ्दै आएकी थिइन।

दार्चुला जिल्लामा घाँस काट्ने बेला भिरबाट लडेर वर्षेनी महिनाहरुले अकालमै ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?