दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली तोली घर भएका प्रहरी जवान सोबान सिंह साउदको अन्त्येष्टि गरिएको छ ।

नेपाल प्रहरीमा कार्यरत सर्मोलीका ३३ वर्षीय साउदको जिल्ला अस्पताल दार्चुलामा पोष्टमाटमपश्चात लेकम गाउँपालिका वडा नम्बर १ स्थित बंगाबगड चिहानमा अन्त्यष्टि गरिएको स्थानीय दिपक साउदले बताउनुभयो ।

गोकुलेश्वर अस्पतालमा चिकित्सक नहुदा दार्चुला सदरमुकाम खलंगा लगेर पोष्टमाटम गर्नुपरेको आफन्तजनले बताएका छन् । पोष्टमाटम रिपोर्ट भने पाँच दिन पछि आउने जनाइएको छ ।

डोटी जिल्लामा प्रहरी जवानमा कार्यरत रहेका साउदको घर आएका बेला बिहिबार राती निधन भएको थियो । पहिला देखिनै एपेन्डीसाइट र दमका बिरामी साउदको मृत्यु भएपछि पोष्टमाटम पछि अन्तिम संस्कार गरिएको हो ।

गोकुलेश्वर अस्पतालमा डाक्टर नहुदा लेकम र मार्मा क्षेत्रमा ज्यान गुमाएका नागरिकको पोष्टमाटम गर्नकै लागि दार्चुला सदरमुकाम पर्याउनु पर्ने बाध्यता छ ।

सव बाहन नहुदा मृत मानिसलाई अस्पतालसम्म पुर्याउन समेत समस्या हुने गरेको छ । यातायात व्यवसायिहरुले शुरुमा सव बोक्ने नमान्ने र बोक्ने पर्ने अवस्थामा चर्को भाडा माग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?