दार्चुला । दार्चुलामा कोरोना संक्रमण पुष्टि भएका २६ जना मध्ये २५ जना कोरोना संक्रमण मुक्त भएर आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

हालसम्म जिल्लामा एक हजार एक सय ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले बताउनुभयो ।

आइतबार आरडिटी परीक्षण गरिएका ३९ जना मध्ये दुई जनामा आरडिटी पोजेटिभ देखिएको भट्टले बताउनुभयो । दार्चुलामा चार हजार सात सय २० जनाको आरडिटी परीक्षण गरिएकोमा एक सय ४५ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।

हाल जिल्लामा तीन ३०८ जना क्वारेन्टाइनमा रहेका छन् । आइतबार अद्यावधिक गरिएको तथ्याङक अनुसार एक जना कोरोना संक्रमित सहित १५ जना विभिन्न स्थानीय तहको आइसोलेसनमा रहेका छन ।

यसैबिच धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको छ ।

नेपाल देशभरीमा पछिल्लो २४ घण्टामा एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आइतबार थपिएकासँगै अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ हजार ६ सय ८३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १३ हजार एक सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अब पाँच हजार चार सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्, उनीहरुको देशभरका विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । त्यस्तै १७ हजार नौ सय तीन जना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार चार सय ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?