बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकालाई नेपाली कांग्रेसले २१ बुँदे ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका गाउँ कार्यसमितिले आइतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको हो।

पञ्चेश्वर गाउँपालिकाले लकडाउनका बेला वितरण गरेको राहतको विवरण, पञ्चेश्वर गाउँपालिकाद्वारा निर्माण गरिएका विभिन्न सडकको खर्च विवरण माग गरिएको छ।यस्तै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको खर्चको विवरण, भ्रमण भत्ताका लागि छुट्याएको बजेट लगायतका विवरण माग गरिएको नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले जानकारी दिनुभयाे।

काँग्रेसका पञ्चेश्वर गाउँपालिका कार्यसमिति सभापति रामबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापन पत्र गाउँपालिकाले विभिन्न क्षेत्रमा गरेको खर्चको विवरण माग गरिएको छ। २१ बुँदे ज्ञापन पत्रमा माग गरिएका विवरणहरु सातदिभित्र उपलब्ध गराउन पनि कांग्रेसले माग गरेको छ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति तेजबहादुर चन्द, जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारी, गाउँकार्यसमिति सभापति रामबहादुर चन्द लगायतका नेता कार्यकर्ता उपस्थित भएर गाउँपालिकामा ज्ञापन पत्र बुझाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?