दार्चुला । नौगाड गाउँपालिकामा कोरोनाबाट सिर्जित क्षति र भावि रणनीतिबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुसँगको एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको  रेडियाे लाेकदर्पणका नाैगाड गाउँपालिका कृषि सम्वाददाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाभरीका अधिकासं विद्यालयका प्रधानाद्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा २६ बुदे शैक्षिक प्रतिवद्धता २०७७ जारी गरिएको धामीले बताउनुभयो । कोरोना भाइरसबाट सिर्जित शैक्षिक क्षती, चुनौती तथा आगामी रणनीतिको बारेमा छलफल गरिएको थियो । शैक्षकि गुणस्तर सुधारका लागि विद्यालय र गाउँपालिकाको भुमिका बारेमा भावि रणनीति का विषयका साथै विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउन छलफल गरिएको नौगाड गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र प्रसाद ठगुन्नाले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सामुदायिक विद्यालयहरुको हालसम्मका चुनौती, समस्या र भाबि योजना तथा रणनीतिका बारेमा छलफल गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?