बैतडीमा बलात्कार आरोपमा पक्राउ परेका थुनवा सहित सात जनामा कोरोना संक्रमण

दार्चुला । बैतडीमा बलात्कार आरोपमा पक्राउ परेका एक थुनवामा कोरोना संक्रमण भेटिएको छ।

पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका पुरुषामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयाे ।

उहाँका अनुसार एक थुनुवासहित सोमबार बैतडीमा थप सात जनामा कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका छ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हाे ।

सात जना मध्ये एक जना सुत्केरी महिला समेत रहेको भट्टले बताउनुभयाे । पाटन नगरपालिकाकी ती सुत्केरी महिलाले आइतबार मात्रै बच्चा जन्माउनुभएकाे थियाे ।

याे संगै बैतडीमा काेराेना संक्रमितकाे संख्या ३०७ पुगेकाे छ । जसमध्ये यसअघि संक्रमण पुष्टि भएका २९७ जना काेराेना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?