दार्चुलासहित सुदूरपहाडमा यातायात व्यवसायीको मनपरी, यात्रुसँग चर्को भाडा असुलेको गुनासो

दार्चुला । सुदूरपहाडमा यातायात व्यवसायीले कोरोना महामारीको लाभ उठाएर मनपरी भाडा असुलिरहेका छन् ।

दार्चुलासहित पहाडी जिल्लामा सञ्चालित यात्रुबाहक सवारीसाधनले कोचाकोच यात्रु बोक्नुका साथै दोब्बर बढी भाडा असुलिरहेका हुन।

सरकारले विभिन्न नियम बनाएर छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि अनुमति दिएको भए यातायात व्यवसायीले उक्त नियमको अटेरी गरिरहेका छन्। उनीहरुले मनोमानी ढंगबाट भाडा लिइरहेको यात्रुहरूले गुनासो गरेका छन्।

पहिले दार्चुलाकाे गाेकुलेश्वरदेखि खलंगासम्मकाे तीन सय भाडा लिने गरेकाेमा अहिले व्यवसायिहरु एक हजार भन्दा कम भाडामा यात्रु बाेक्नै मान्दैनन, शैल्यशिखरका गंगादत्त जाेशीले भन्नुभयाे, डेढ सय रुपैया भाडा पर्ने एेरिछानादेखि दार्चुला सदरमुकाम खलंगासम्म पाँच सय भाडा असुल्ने गरेका छन् ।

दार्चुलाका सबै सडकमा चल्ने यातायातका साधनहरुले तेब्बर र चाैबर भाडा असुलि गरिरहदासमेत स्थानीय प्रशासनले चासाे नराखेकाे यात्रुहरुकाे गुनासाे छ ।

दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ र बाजुरामा यात्रुहरूले चर्को भाडा तिर्नुपरेको गुनासो गरेका हुन्। सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि त्यहाँ सञ्चालन हुने जिपहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकिरहेका छन्। तर यातायात व्यवसायीले गाडीमा यात्रु कोचेर हाल्दा पनि नियमकारी निकाय भने मौन रहेको यात्रुहरु बताउँछन्।

सरकारले गाडीमा ५० प्रतिषत यात्रु मात्रै बाेक्न भनेपनि दाेब्बर यात्रु बाेक्ने गरेकाे पाइएकाे छ । गाडीमा मास्क, स्यानिटाइजर समेत प्रयोग नहुने गरेकाे यात्रुहरुकाे गुनासाे छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?