दार्चुला । दुहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर जोगिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख, डीएसपी पदमबहादुर विष्टका अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उहाँकी ४५ वर्षीया श्रीमती इन्द्रा जाेशी पुरिएका हुन् ।

छोरा २१ वर्षीय सुनिल जाेशी भने भागेर जोगिएकाे स्थानीयले बताएका छन् ।

पहिरो जाँदा जाँदै छाेरा भाग्न सफल भएपनि बुबाआमा समयमै निस्किन नसकेर जोगिन नसकेको प्रहरीले जनाएकाे छ । गाेठमा रहेका एक भैँसी र चार वटा बाख्रा समेत पहिराेले पुरिएका छन् ।

बेपत्ता दम्पतीकाे खोजीमा विहान ५ बजेदेखि प्रहरी र स्थानीय परिचालित भएको डिएसपी विष्टले बताउनुभयाे ।

यसैबिच मालिकार्जुन गाउँपालिका- ८ का ७२ वर्षीया गोमति जोशीले मालिकार्जुन १ को भर्तोला खोलामा हाम फालेका छन् ।

खोलामा हाम फालेका महिलाको जिवितै उद्धार गरिएपनि उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?