दार्चुला । सुदूरपश्चिममा मंगलबार थप ४२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ।डोटीको आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयाे।

कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको उहाँले बताउनुभयाे।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ९५ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध छन्।

मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिनुभयाे।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जोशीले बताउनुभयाे । मृतक असार २४ गते भारतबाट फर्किएका थिए। उहाँको ९ साउनमै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?