दार्चुला । सुदूरपश्चिममा कोरोना भाईरसको दैनिक संक्रमण दर फेरी बढेको छ। मंगलावार प्रदेशका ८० जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनाा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरा अस्पतालमा आज भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको बताउनुभयाे।
उहाँका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो। उता सेती प्रादेशिक अस्पतालयमा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ।
डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला गरी चार जनामा कोरोना पुष्टि भएको छ। कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ३३ पुगेको छ।
संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय १५, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कञ्चनपुरका पाँच सय १५, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा थप ३११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जानकारी दिनुभयाे ।
यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ४९ जनाकाे मृत्यु भएकाे छ ।