दार्चुला । दार्चुला बहुमुखी क्याम्पससहित सुदूरपश्चिमका ९ वटा क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो।

मन्त्रीस्तरीय निर्णयबाट अछामको अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस, कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र डडेल्धुराको त्रिवेणी क्याम्पस जोगबुढा नमूना क्याम्पसको रुपमा स्तरोन्नतिका लागि छनौट भएका छन्।

यस्तै डोटीको केदारजोति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस समेत छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?