दार्चुला । विगत तीन बर्षमा दार्चुलामा सवारी दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ । गएको तीन बर्षमा १८ सवारी दुर्घटनाबाट २१ जनाको ज्यान गएको हो ।
तीन बर्षको अबधिमा सवारी दुर्घटनामा परी २९ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय दार्चुलाका अनुसार गत आर्थिक बर्ष २०७४÷०७५ मा तीन सवारी दुर्घटना भएकोमा आठ जनाको ज्यान गएको छ । सात जना घाईते भएका छन ।
आर्थिक बर्ष २०७५÷०७६ मा चार सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको छ । एक जना घाईते भएका छन । गत आर्थिक बर्ष २०७६÷०७७ मा १२ सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । २१ जना घाईते भएका छन ।
विगत वर्षहरुको तुलनामा गएको तीन बर्षको अवधिमा दार्चुलामा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका प्रमुख एबं प्रहरी सहायक निरीक्षक केशव दत्त भट्टले बताउनुभयो ।
जिल्लाभरीमा गएको तीन बर्षको अवधिमा चार हजार चार सय ११ सवारी कार्बाहिमा परेका छन । उक्त कार्बाहीबाट २९ लाख ३४ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको उहाँले बताउनुभयो । आर्थिक बर्ष २०७४÷०७५ मा १४ सय नौँ सवारी साधन कार्बाहीमा परेका छन । जसबाट नौँ लाख ७६ हजार पाँच सय रुपँैया राजस्व संकलन भएको छ ।
आर्थिक बर्ष २०७५÷०७६ मा १४ सय ७३ सवारी साधन कार्वाहीबाट दश लाख ८८ हजार राजस्व संकलन भएको छ । यस्तै अर्थिक बर्ष २०७६÷०७७ मा १५ सय २९ सवारी साधन कार्बाहीबाट नौँ लाख ७६ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाले जनाएको छ ।