दार्चुला । प्रहरीले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान बिक गरी तीन जनालाई पक्राउ गरेको छ ।

उनिहरुबाट प्रतिबन्धित कागजपत्र, चन्दा उठाएका रसिद लगायतका सामग्री बरामत गरिएको प्रहरीले जनाएको छ । तीनै जनामाथि छ दिनको म्याद थपेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

आइतबार पक्राउ परेका तीनै जना बिरुद्ध राज्य बिद्रोहको मुद्दा दर्ता भएको छ ।

उनीहरु स्थानीय स्तरमा प्रतिवन्धित नेत्रबिक्रम चन्द (विप्लप) समुहमा क्रियाशील रहेको र गत ८ गते शैल्यशिखर नगरपालिका वडा नम्बर ९ को मोटरसाइकलमा आगजनी गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?