दार्चुला । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टसहित आठ जना प्रहरीले सफाइ पाएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले विष्टसहित डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकिन्द्रबहादुर खड्का, इन्सपेक्टर जगदीशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी, जवान चाँदनी साउदलाई सफाइ दिएको अदालतका श्रेस्तेदार यदुराज शर्माले जानकारी दिनुभयो ।

उनीहरुविरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवीले उजुरी दिनुभएको थियो । तर प्रमण नष्ट गरेको कुनै प्रमाण नभेटिएकाले बिहीबार सफाइ दिएको शर्माले बताउनुभयो ।

२०७५ साल साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो तर अझै पनि दोषी पत्ता लागेको छैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?