दार्चुला । साउन ९ गतेदेखि लेकम गाउँपालिका वडा नम्बर २ को कार्यालयमा लगाइएको ताला अझै खुलेको छैन् । स्थापनाकालदेखिको खर्च विवरण सार्वजनिक गर्नुपर्ने सहित विभिन्न दश बुँदे मागहरु राख्दै असन्तुष्ट बनेका स्थानीय नागरिकहरुले तालाबन्दी गरेका छन् ।
वडा कार्यालयमा तालाबन्दी गर्दा समेत मागहरु सम्बोधन नभएपछि बिहिबार लेकम गाउँपालिका कार्यालयमा स्थानीयले माग सम्बोधनका लागि भन्दै दश बुदे ज्ञापन पत्र बुझाएका छन् । तीन दिनभित्र दश बुदे मागको जवाफ दिनुपर्ने अल्टिमेटम सहित आफुहरुले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको स्थानीय राजेश जोशीले बताउनुभयो ।
लेकम गाउँपालिका वडा नम्बर २ का स्थानीयहरुले स्थानीय सरकार सञ्चालन भएदेखि हालसम्मको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने, राहत वितरणको विवरण सार्वजनिक गर्नुपर्ने, सम्पूर्ण योजनाको पारदर्शीता हुनुपर्ने, चमेलिया लिप्टीङ खानेपानी आयोजनाको दुई बर्षसम्म समिति गठन हुन नसक्नुको कारण खुलाउनुपर्ने, चमेलियाको डिपिआर नगरेरै बजेट भुक्तानी हुनुको कारण स्पष्ट पार्नुपर्ने लगायत मागहरु राखिएका छन् ।
यस्तै विपद व्यवस्थापनको लागि उद्धार सामाग्रीहरु बाटैबाटो गैरकानुनी ढंगले वितरण गरिएको, सेवाग्राहीले समयमै सेवा नपाएको, नियमसंगत कागजात उपलब्ध गराउन अटेर गरेको, उपभोक्ता समितिमा प्रतक्ष उपयोग गर्ने व्यक्तिहरु नपरेको विषयमा जवाफ माग गरिएको छ । आर्थिक वर्ष २०७३ देखि हालसम्मको सामाजिक सुरक्षा भत्ताको विवरण, कर्मचारी भर्ना प्रकृया तथा तलब भत्ताको स्रोत खुलाउनुपर्ने सहित दश बुदे मागहरु राखिएको तालाबन्दी गर्ने कार्यमा समेत सहभागि रहेका जोशीले बताउनुभयो ।
गत असार २१ गते विभिन्न मागहरु राखेर २४ गतेसम्म माग सम्बोधन गर्न विज्ञप्ती पत्र दिएपनि २४ गतेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै पहिलोपटक तालाबन्दी गरिएको थियो । आर्थिक वर्षको अन्त्यमा भएकोले योजना कार्यक्रमको कामकाज प्रभावित हुने र तथ्याङक सार्वजनिक गर्न केहि समय आवश्यक पर्ने भन्दै वडाले साउन ९ गतेसम्मको समय माग गरेपछि आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको थियो ।
साउन ९ गते शुक्रबार समेत वडा कार्यालयको तर्फबाट उल्लेखित बुदाहरुमा चित्तबुझ्दो जवाफ नपाएको र केहि बुँदाहरुमा माग गरिएको तथ्याङ्क पुरा नखुलाएको भन्दै स्थानीयहरुले गत शुक्रबार राती साढे १० बजेपछि तालाबन्दी गरेका छन् ।
वडा समितिले वडा कार्यालयले दिनसक्ने जानकारी दिइसकेको र आर्थिक लगायत अरु विषयमा गाउँपालिकाबाट जानकारी प्राप्त हुने बताइएपछि आफुहरुले गाउँपालिकासंग जवाफ माग गर्दै दश बुदे ज्ञापनपत्र पेस गरेको अर्का स्थानीय आनन्द जोशीले बताउनुभयो।
गाउँपालिका अध्यक्ष परमानन्द जोशीले भने वडा नम्बर दुई का नागरिकहरुले माखेका मागहरुका विषयमा एक दुई दिनभित्रै वडा कार्यालय र तालाबन्दी गर्ने पक्षबिच छलफल गराएर विवरण सार्वजनिक गर्ने तथा विवाद समाधान गर्ने बताउनुभएको छ ।
गाउँपालिकाले तीन दिनभित्र जवाफ नदिएमा गाउँपालिका कार्यालय घेराउ गर्ने, बिरोध प्रदर्शन गर्ने र तालाबन्दी समेत गर्ने सम्मको चेतावनी तालाबन्दी गर्ने पक्षको छ ।
ज्ञापनपत्रमा समेटिएका दश बुदे मागहरु