दार्चुला । दार्चुलामा शुक्रबार थप १६ जनामा कोरोना पुष्टी भएको छ । काठमाण्डौ स्थित धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा आज दार्चुलाका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।

शुक्रबार १६ जना संक्रमित थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको कुल संख्या ४२ पुगेको छ । आज कोरोना पुष्टि हुनेहरुमा बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन भट्टले बताउनुभयो ।

शुक्रबार भएको परीक्षणमा मार्मा गाउँपालिकाका २५, ३० र २२ बर्षका तीन महिला र २९, २६, ४०, २८, २५, २६, २० र २३ बर्षका १० पुरुष गरी १३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ब्यास गाउँपालिकाका २४ र २५ बर्षका दुई पुरुष र लेकम गाउँपालिकाका ३६ बर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भट्टले बताउनुभयो ।

शुक्रबार जिल्लामा ३७ जनाको आरडिटी परीक्षण गरिएकोमा छ जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लामा हाल सम्म एक हजार एक सय ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।

कोरोना पुष्टि भएका ४२ जना मध्ये २६ जना भने कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?