दार्चुला । दार्चुलामा पछिल्लो समय मानिस हराउने क्रम बढ्दै गएको छ । बेपत्ता हुनेमा पुरुषको तुलनामा महिला तथा बालिकाको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीको तथ्याङक अनुसार दार्चुलामा आर्थिक बर्ष २०७३÷०७४ मा २० महिला, तीन पुरुष, तीन बालक र छ बालिका गरी ३४ जना बेपत्ता भएका छन । त्यस्तै आर्थिक बर्ष २०७४÷०७५ मा २० महिला, चार पुरुष, दुई बालक र छ बालिका गरी ३३ जना हराएका छन् ।

आर्थिक बर्ष २०७५÷०७६ मा ३५ महिला १० बालक र १९ बालिका गरी ६४ जना र गत आर्थिक बर्ष २०७६÷०७७ मा ३९ महिला, १४ बालक र नौ बालिका गरी ६२ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

गएको तीन बर्षको तथ्याङ्क हेर्दा दार्चुलामा एक सय १४ महिला, सात पुरुष, ३१ बालक र ४० बालिका गरी जम्मा एक सय ९२ जना बेपत्ता भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बेपत्ता भएकाहरुमध्ये एक सय ५२ जना फेला परेको प्रहरीले जनाएको छ ।

यसैबिच बैतडीमा पनि पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको छ । बैतडीमा गत आर्थिक बर्ष ४६ जना महिला र बालबालिका हराएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ । गत वर्ष बैतडीबाट ३१ महिला, आठ बालक र सात बालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडी अन्तरगतको महिला सेलले जनाएको छ ।

हराएका मध्ये १६ महिला, तीन बालिका, पाँच बालक फेला परेपनि २४ महिला तथा बालबालिकाको अवस्था अज्ञात रहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?