दुबै पक्षकाे सहमतिपछि लेकम गाउँपालिका-२ मा लागेको ताला खुल्यो (सहमति पत्रसहित)

दार्चुला । साउन ९ गतेदेखि लेकम गाउँपालिका वडा नम्बर २ को कार्यालयमा लगाइएको ताला शुक्रबार (आज) खुलेको छ । गाउँपालिकाको सहजिकरणमा ताला लगाउने पक्ष र वडा कार्यालयबिच आवश्यक मागहरु सम्बोधन गर्ने सहमति भएपछि ताला खोलिएको हो ।

लेकम गाउँपालिका वडा नम्बर २ का स्थानीयहरुले स्थानीय सरकार सञ्चालन भएदेखि हालसम्मको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने, राहत वितरणको विवरण सार्वजनिक गर्नुपर्ने, सम्पूर्ण योजनाको पारदर्शीता हुनुपर्ने, चमेलिया लिप्टीङ खानेपानी आयोजनाको दुई बर्षसम्म समिति गठन हुन नसक्नुको कारण खुलाउनुपर्ने, चमेलियाको डिपिआर नगरेरै बजेट भुक्तानी हुनुको कारण स्पष्ट पार्नुपर्ने लगायत मागहरु राखेका थिए ।

यस्तै विपद व्यवस्थापनको लागि उद्धार सामाग्रीहरु बाटैबाटो गैरकानुनी ढंगले वितरण गरिएको, सेवाग्राहीले समयमै सेवा नपाएको, नियमसंगत कागजात उपलब्ध गराउन अटेर गरेको, उपभोक्ता समितिमा प्रतक्ष उपयोग गर्ने व्यक्तिहरु नपरेको विषयमा जवाफ माग गरिएको थियो । आर्थिक वर्ष २०७३ देखि हालसम्मको सामाजिक सुरक्षा भत्ताको विवरण, कर्मचारी भर्ना प्रकृया तथा तलब भत्ताको स्रोत खुलाउनुपर्ने सहित दश बुदे मागहरु राखिएको तालाबन्दी गर्ने कार्यमा सहभागि रहेका राजेश जोशीले बताउनुभयो ।

माग सम्बोधन गर्ने प्रतिबद्धता र सहमति पछि वडा कार्यालयको नियमित कामकाज सञ्चालनमा सहज होस भनेर ताला खोलिएको जनाइएको छ ।

ताला खुलाउनुपुर्व दुबै पक्षले गरेकाे सहमतिपत्र र प्रेश विज्ञप्ती हेर्नुहाेस

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?