विपदमा ज्यान गुमाएका परिवारलाई दुँहु गाउँपालिकाले ५० हजार राहत दिने

दार्चुला । दुहुँ गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार रुपैँया दिने निर्णय गरेको छ । शनिबारको गाउँकार्यपालिका बैठकले विपदमा परेकालाई राहत दिने निर्देशिका संसोधन गर्दैै गाउँपालिका भित्र बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपमा ज्यान गुमाएका व्यक्तीको परिवारलाई ५० हजार रुपैँया दिने निर्णय गरेको हो ।

निर्देशिकामा मृतकको परिवारलाई १५ हजार रुपैँया दिने व्यवस्था रहेकोमा शनिबारको बैठकबाट निर्देशिका संशोधन गरि प्रति मृतक ५० हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गाउँकार्यपालिका बैठकले प्रकोपमा परी पुर्णरुपमा घर क्षति भएका परिवारलाई २५ हजार र आंशिक क्षति भएका परिवारलाई क्षतीको विवरण हेरेर ५ देखी ७ हजार राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

विपद सर्तकताका लागी प्रत्येक वडामा संयन्त्र तयार गरी उद्दारका लागी थप सामाग्रीको जोहो गर्ने तथा कोरोना संक्रमणको बेला विद्यालय बाहिर व्यवस्थापन योजना बनाई विद्यालय सुचारु गर्ने तयारीका विषयमा समेत निर्णय भएको अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?