सुदूरपश्चिममा भोली सार्वजनिक बिदा

दार्चुुला । सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको निर्णय अनुसार सोमवार रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले रक्षाबन्धन पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको बताउनुभयाे।

२०७७ सालका सार्वजजिक बिदा सम्बन्धि सूचना समेत प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ।उहाँका अनुसार रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने छ।

संघीय सरकार मातहतका कार्यालयमा समेत बिदा हुनेछ।जेठ २३ साउन १९ गते रक्षाबन्धन, भदौ ७ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?