दार्चुला। जिल्ला अस्पताल दार्चुलामा श्वासप्रश्वास सम्बन्धी समस्या भएका एक जना विरामीको मृत्यु भएको छ । व्याँस गाउँपालिका—५ का २८ बर्षीय लोकेन्द्र कुवरको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।

श्वास फेर्न गाह्रो हुने र ज्वरो आइरहेको समस्या लिएर आइतबार दिउँसो अस्पताल आएका कुवँरलाई फोक्सो सम्बन्धी विरामी भएकोले थप जाचँका लागी धनगढी वा डडेलधुरा जान भनिएको भट्टले बताउनुभयो । आइतबार प्राथमिक उपचारपछि घर फर्किएका मृतक कुवर गए राती १० बजे समस्या भइरहेको भन्दै पुनः जिल्ला अस्पताल दार्चुला पुगेका थिए ।

श्वास फेर्न गाह्रो भएर अस्पताल आएका कुवरलाई भर्ना गरि अक्सिजन दिएको भएपनि राती १ बजेतिर मृत्यु भएको सूचना अधिकारी भट्टले बताउनुभयो । मृतक कुवरलाई कोरोनाको आशंकामा आरडीडी परिक्षण गर्दा नेगेटिभ पाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?